
अर्को साता रियल म्याड्रिड र बार्सिलानो स्पेनी लिगामा भिड्दै छन् र यही एल क्लासिकोले लिग उपाधिको निर्णय गर्नेछ । रियलले आइतबारको खेलमा इस्पनयोललाई २–० ले पराजित गरेपछि लिग उपाधिका लागि बार्सिलोनाले अझै कुर्नु पर्ने भएको हो ।
बार्सिलोना ८८ अंकमा शीर्ष स्थानमा छ र रियलको ७७ अंक छ । अर्को साता हुने खेलमा आफू अनुकुल नतिजा निकालेर बार्सिलोनाले लिग उपाधि जित्न सक्नेछ र लिगमा चार चरणका खेल बाँकी छन् ।
आइतबारका अन्य खेलमा सेल्टा भिगोले एल्चेलाई ३–१, रायो भालेकानोले गेटाफेलाई २–० र रियल बेटिसले रियल ओभिएडलाई ३–० ले हरायो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]