Share on:

कोलकाताको भाग्य अरूको हातमा
May 21st, 2026

कोलकाता नाइट राइडर्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको छ । यससँगै उसको प्ले अफ सम्भावना कायम रह्यो, तर यो अन्य टिमको प्रदर्शनमा पनि आधारित हुनेछ ।


एडेन गार्डेनमा भएको लो स्कोरिङ खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४७ रन खडा गरेको थियो । जवाफमा  कोलकाताले १८.५ ओभरमा छ विकेट गुमाएर १ सय ४८ रन बनायो ।


त्यसमा मनीष पाण्डेको ४५ र रोभमन पावेलको ४० रन बनाए । यो जितपछि कोलकाता १३ अंकमा छैटौं स्थानमा रह्यो । मुम्बई भने आठ अंकमा नवौं स्थानमा छ ।


Swadesh Maharjan | May 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya