
एस्टन भिल्लाले फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्दै बुधबार युरोपा लिगको उपाधि हात पारेको छ । यससँगै उसले आफ्नो ३० वर्षको उपाधि खडेरी पनि तोडेको छ ।
इस्टानबुलमा भएको फाइनलमा इंग्लिस प्रिमियर लिग क्लबका लागि योरी टेलेमन र इमिलिनो बुन्डेआले पहिलो हाफमा गोल गरेपछि मोर्गन रोजर्सले दोस्रो हाफमा एक गोल थपे ।
भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो । यस्तै भिल्लाले सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो । भिल्लाका स्पेनी प्रशिक्षक उनई एमरीका लागि पनि अहिलेको सफलता व्यक्तिगत रूपमा ठूलो रह्यो । उनले युरोपा कप जितेको यो पाँचौं पल्ट हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]