डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन्।
दर्ता शुल्क ब्याटर र बलरका लागि रु.१ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु.१ हजार २०० निर्धारण गरिएको छ। खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ।
एनसपीएलको ब्रान्ड एम्बासडर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता,निर्माता तथा निर्देशक निखिल उप्रेती रहेका छन्।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]