
काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकासँग तेस्राे खेल खेल्दैछ।
दुबईकाे आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
यस सिरिजमा नेपालले सुरुआतका दुई खेलमा हार बेहोरेको थियाे। नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ।
हालसम्म लिग २ को अंक तालिकामा अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ। नेपालले भने १८ खेलबाट १२ अंकसहित पूछारबाट दाेस्राे स्थनामा छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]