
काठमाडौं । युएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
दुबईमा जारी सिरिजमा लगातार तेस्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
अमेरिकाका लागि साइतेजा मुककामल्ला तथा मिलान्द कुमारले अर्धशतकीय इनिङ खेले। साइतेजाले १ सय १ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे। मिलान्द ६६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७० रनमा आउट भए। चौथो विकेटका लागि २ बीचमा १२३ रनको महत्वपूर्ण साझेदारी गरे।
ओपनर शायन जाहाँगिर ३६, कप्तान मोनांक पटेल २१ तथा शुभम रञ्जने १९ रनमा आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रनको योगफल तयार गर्यो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]