
सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको एक मात्र गोलको मदतले बोरुसिया डर्टमुन्डले जर्मन बुंडेसलिगामा शनिबार राति असबर्गलाई १–० ले पराजित गरेको छ । यो साँघुरो जितसँगै डर्टमुन्ड दोस्रो स्थानमा उक्लेको छ ।
उसको नौ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग चार अंकको दूरी हो । बायर्न आठ खेलबाट शतप्रतिशत जित निकालेर २४ अंकमा पहिलो स्थानमा छ ।
गुइरसले ३७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । असबर्ग भने नौ खेलबाट सात अंकमा १५ औं स्थानमा रहेको छ र उसमाथि रेलिगेसनको दबाब बढ्दै छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]