Share on:

जिरोनालाई हराएर गेटाफे छैटौंमा
November 1st, 2025

गेटाफेले स्पेनी ला लिगामा शनिबार राति जिरोनालाई २–१ ले हराएर अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । यो जितपछि गेटाफेको ११ खेलबाट १७ अंक भएको छ ।


अब उसले अर्को सिजनका लागि युरोपेली च्याम्पियन्स लिग खेल्ने चुनौती दिन सक्नेछ । खराव लयमा रहेको जिरोना भने ११ खेलबाट सात अंकमा सीमित रहेर २० औं स्थानमा छ र रेलिगेसनका लागि बलियो प्रत्यासी बनेको छ ।


गेटाफेका लागि मारिओ मार्टिन र बोरजा मायोरले एक एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुनीले दोस्रो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए ।


Swadesh Maharjan | November 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya