Share on:

पाकिस्तान र दक्षिण अफ्रिकाबीच बराबरीको टक्कर
October 20th, 2025

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन सोमबार पहिले ब्याटिङ गर्दै पाकिस्तानले पाँच विकेटमा २ सय ५९ रन बनाएको छ । रावलपिन्डीमा पाकिस्तानका लागि सइद सकिल ४२ र सलमान आगा १० रन बनाएर खेलिरहेका छन् ।


पाकिस्तान दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ र दक्षिण अफ्रिकालाई सिरिज बराबरी गर्ने हो भने यो टेस्ट जित्नु पर्नेछ । अब दोस्रो दिनको खेल सुरु हुँदा पाकिस्तान सक्दो स्कोर बनाउने उद्देश्यमा हुनेछ । दक्षिण अफ्रिकाको योजना भने पाकिस्तानलाई सस्तोमा समेट्ने हुनेछ ।


टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिकले ५७ रन बनाए । इनिङ्सको सबैभन्दा ठूलो स्कोर भने कप्तान सान मसुदको नाममा रह्यो, उनले ८७ रन बनाए । त्यसमा दुई चौका र तीन छक्का सामेल छन् । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र सिमोन हार्मरले समान दुई विकेट लिए ।


Swadesh Maharjan | October 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya