Share on:

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान बलियो
October 12th, 2025

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आइतबारदेखि लहोरमा सुरु भएको पहिलो टेस्टको पहिलो दिन ब्याटबाट ठोस प्रदर्शन गरेको छ । बलियो सुरुआत लिने क्रममा पाकिस्तानले पहिलो दिनको खेल समाप्त हुँदा पाँच विकेट गुमाएर ३ सय १३ रन बनाएको छ ।


उसका लागि त्यसमा मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर नटआउट छन् । उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरिसकेका छन् ।


त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानका लागि ओपनर इमान उल हकले सर्वाधिक ९३ रन बनाए । यस्तै कप्तान सान मसुदले ७६ रनको योगदान गरे ।


Swadesh Maharjan | October 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya