Share on:

वेस्ट इन्डिज अझै ९७ रनले पछाडि
October 12th, 2025

फलो–अन गर्न बाध्य वेस्ट इन्डिज भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार ९७ रनले पछाडि रहेको छ । दिनको खेल समाप्त हुँदा पाहुना टिमले दुई विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।


वेस्ट इन्डिजका लागि केही उत्कृष्ट प्रदर्शन गर्ने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको नटआउट साझेदारी गरिसकेका छन् ।


यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । त्यसमा एलिक एथानजेले ४१ र होपले ३६ रन बनाए । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।


Swadesh Maharjan | October 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya