Share on:

जेरार्ड अहिलेका लागि रेन्जर्स नजाने
October 12th, 2025
लिभरपुल लेजेन्ड स्टेफन जेरार्ड कम्तीमा अहिलेका लागि रेन्जर्स नजाने भएका छन् । नत्र स्कटिस प्रिमियर लिग क्लब रेन्जर्सले उनलाई प्रशिक्षक बन्न प्रस्ताव राखेको थियो । यसअघि पनि उनी रेन्जर्सका प्रशिक्षक थिए, सन् २०१८ देखि २०२१ सम्म ।
 
त्यसबीच उनले एकपल्ट लिग उपाधि पनि जिते । अहिले क्लब आफैमा समस्यामा छ, खराव लयका कारण । गत साता मात्रै रेन्जर्सले आफ्ना प्रशिक्षक रसेल मार्टिनलाई वर्खास्त गरेको थियो । यी प्रशिक्षक क्लबमा जम्मा जम्मी १७ खेल मात्रै टिके र यसबीच समर्थकबीच खलनायक जस्तै रहे ।

अब क्लब नयाँ प्रशिक्षकको खोजीमा छ, भेटाउन भने सकिरहेको छैन् । जेरार्डले यसपल्ट रेन्जर्स जान नचाहनुको कारण हो, उनकै शब्दमा, गलत समय । उनी कुनै न कुनै बेला पछि रेन्जर्स फर्किन चाहन्छन्, तर अहिलेका लागि भने होइन् । जेरार्डको अबको योजना के छ, त्यो पनि प्रस्ट भने छैन्।

रेन्जर्स छाडेयता उनी सुरुमा एस्टन भिल्ला गए । त्यसपछि साउदी अरेबियाको अल–इतिफाक पनि सम्हाले । तर दुवै अवसरमा सफल रहेनन् । कुनै समय उनी लिभरपुल आउने विश्वास पनि छ, मर्सिसाइड क्लबका समर्थकबीच । सायद जेरार्ड अर्को कुनै उपयुक्त प्रस्तावको प्रतीक्षामा छन् ।

Swadesh Maharjan | October 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya