काठमाडौं । एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो खेलमा अल हिलाल बराबरीमा रोकिएको छ।
सोमबार राति भएको समुह चरणको पहिलो खेलमा अल हिलाल उज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
अल हिलाललाई ९० मिनेटपछिको इन्जुरी समयमा अलि अल्बूलायाहीले गोल गर्दै हारबाट बचाएका थिए।
यस अघि नाभोबाहोरका लागि खेलको ५२औं मिनेटमा टोमा टाबाटाजेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
यो बराबरीपछि समुह डी मा रहेका अल हिलाल र नाभबाहोरले १/१ अंक बाँडेका छन्।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]