Share on:

नौ गोलको ‘थ्रिलर’ मा इटालीको जित
September 9th, 2025

इटालीले युरोपेली विश्वकप छनोटको सोमबार भएको नो गौलको ‘थ्रिलर’ मा इजरायललाई ५–४ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला सान्ड्रो टोनालीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र आफ्नो टिमलाई विजयी बनाए ।  


समूह ‘आई’ को यो छनोट खेलमा प्राप्त जितपछि इटाली नौ अंकमा दोस्रोमा रह्यो । इटालीका लागि मोइस केनले दुई गोल गरे भने ड्यानिएल पेरेट्जले पनि इजरायलका लागि दुई गोल गरे । इजरायलका थप दुई गोल आत्मघाती रहेको थियो ।


इजरायल १–० र २–१ गरेर दुई पल्ट अगाडि रहेर पनि पराजित रहेको हो । अन्य छनोट खेलमध्ये समूह ‘बी’ कोसोभोले स्विडेनलाई २–० ले हरायो । यस्तै समूह ‘सी’ मा डेनमार्कले ग्रिसलाई ३–० ले पराजित गर्‍यो ।


Swadesh Maharjan | September 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya