अखिल नेपाल फुटबल संघ (एन्फा) मा चाँडै चुनावको माग गर्दै केही प्रमुख केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनीहरूको माग हो, एन्फा अध्यक्ष पंजकविक्रम नेम्वाङ र महासचिव किरण राईले काम गर्न सकेनन्, त्यसैले उनीहरूले राजीनामा दिनु पर्छ ।
पत्रकार सम्मेलन गर्ने पदाधिकारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्यद्वय रविन चन्द र रुपेश अधिकारी रहेका छन् । उनीहरूको आरोप हो, एन्फा संवेदनशिल घटनामा उदासिनता छ, सरोकारवालाको वेवास्ता गर्छ, अनि लिग संचालनमा उदासिनता छ।
यस्तै एन्फा अन्तर्राष्ट्रिय खेल संचालनमा असफल भएको छ, उसका गतिविधि अपारदर्शी छन् र खेलाडीलाई प्रोत्साहनमा कमी भएको छ । वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘वर्तमान अवस्थामा हामी अध्यक्ष नेम्वाङ तथा महासचिव राईलाई के विनम्र अनुरोध छ भने नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन तपाईहरूले समयमै मार्ग प्रशस्त गर्नु होला ।’
वर्तमान एन्फा कार्यसमितिको एक वर्ष कार्यकाल मात्रै बाँकी छ । आइतबार मात्रै केही फुटबल समर्थकले एन्फा कम्प्लेकस सातदोबाटोमा विरोध प्रदर्शन गरेका थिए । यस्तै त्यही दिन सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लब र एन्फाबीच पनि वार्ता स्थगित भएको थियो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]