मार्टिन एगनारासनले खेल सकिन नौ मिनेट अगाडि गरेको निर्णायक गोलको मदतले फारो आइल्यान्डले आइतबार युरोपेली विश्वकप छनोटमा चेक गणतन्त्रमाथि स्तब्धपूर्ण २–१ को जित रचेको छ ।
टोरसभोलरमा भएको खेलमा फारोले हानस सोरेसनको गोलले ६७ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि एडम काराबेचले ७८ औं मिनेटमा चेकका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर भएको बेला एगनारासनले विजयी गोल गरे र यस जितपछि समूह ‘एल’ बाट फारोको विश्वकपमा छनोट हुने झिनो सम्भावना कायम रह्यो ।
आइतबारका अन्य खेलमा डेनमार्कले ग्रिसलाई ३–१, पोल्यान्डले लिथुवानियालाई २–०, रोमानियाले अस्ट्रियालाई १–० र क्रोएसियाले जिब्राल्टरलाई ३–० ले पराजित गरेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]