मोहम्मद कुडोसको निर्णायक गोलको मदतले घानाले अफ्रिकी विश्वकप छनोटमा कोमोरोसलाई १–० ले हराएको छ र यससँगै आगामी विश्वकपका लागि छनोट भएको छ । घाना विश्वकपमा अफ्रिकाबाट छनोट हुने पाँचौं तथा समग्रमा २१ औं देश हो ।
अफ्रिकाबाट अहिलेसम्म ट्युनिसिया, मोरक्को, इजिप्ट र अल्जेरिया पनि आगामी विश्वकपका छनोट भइसकेका छन् । आक्रामा भएको खेलमा टोटनहमका कुडोसले ४७ औं मिनेटमा गोल गरे र यो नै जितका लागि पर्याप्त रह्यो ।
छनोटको समूह ‘आई’ मा प्राप्त यस जितपछि घानाले दोस्रोमा रहेको माडागास्करमाथि छ अंकको निर्णायक अग्रता हात पारेको छ । माडागास्कर आफै भने अर्को खेलमा मालीसँग ४–१ ले पराजित रह्यो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]