Share on:

आर्मीविरुद्ध चर्च ब्वाइजको जित, फ्रेन्ड्स र चित्लाङ रोकिए
February 24th, 2026

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि जित दर्ता गरेको छ। 


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले आर्मीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गरेको हो। 


जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। आर्मीको यो दोस्रो हार हो। समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ।


चर्च ब्वाइजको जितमा अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे। आर्मीका नवयुग श्रेष्ठले गरेको गोल सान्त्वना बन्यो।


दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र चित्लाङ एफसी गोलरहित बराबरीमा रोकिएका छन्।


Swadesh Maharjan | February 24th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya