
आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आइतबार आफूलाई बलियो बनाएको छ । सन् २००४ यता आर्सनलसामु पहिलो पटक लिग जित्ने अवसर तयार देखिएको छ र यसका लागि उसले चेल्सीलाई २–१ ले हरायो ।
इमिरेट्समा भएको खेलमा ६६ औं मिनेटमा जुरेन टिम्बरले आर्सनलका लागि निर्णायक गोल गरे । आर्सनलले विलियन सलिबाको गोलले अग्रता लिएको थियो, तर पिएरो हिनक्याप आत्मघाती गोल गरेपछि खेल बराबरीमा रहेको थियो ।
आर्सनलको लिगमा यो लगातार दोस्रो जित हो । चेल्सी भने आफ्ना पछिल्ला तीन खेलमा जितहीन रहेको छ र यसले उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ ।
खेलको ७० औं मिनेटमा चेल्सीले पेड्रो नेटोले रातो कार्ड खाए र टिम दस खेलाडीमा सीमित रह्यो । यो नतिजापछि आर्सनलको ६४ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीमाथि पाँच अंकको अग्रता हो ।
आइतबारका अन्य खेलमा ब्राइटनले नटिंघम फरेस्टलाई २–१, फुलहमले टोटनहमलाई २–१ र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पनि २–१ ले हराएको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]