Share on:

रोमा र युभेन्ट्सबीच बराबरी
March 2nd, 2026

युभेन्ट्सले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जीवन्त राख्न आइतबार इटालीको सिरी ए मा एएस रोमालाई ३–३ को रोमाञ्चक बराबरीमा रोकेको छ । युभेन्ट्सले दुई गोलले पछाडि रहेको स्थितिबाट यो बराबरी निकालेको हो ।


रोममा भएको खेलमा फेडरिको गाटीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गोल गर्दै युभेन्ट्सलाई एक बहुमूल्य अंक दिलाएका दिए । लिग तालिकामा रोमा ५१ अंकमा चौथो स्थानमा छ । युभेन्ट्स भने ४७ अंकमा छैटौं स्थानमा छ ।


इन्टर मिलान भने ६७ अंकमा शीर्ष स्थानमा छ र अब उसको उपाधि जित्ने सम्भावनामा अरूले बाधा पुर्‍याउने सम्भावना कमजोर भइसकेको छ ।


Swadesh Maharjan | March 2nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya