Share on:

भारतलाई हराउँदै बंगलादेश च्याम्पियन
April 4th, 2026

काठमाडौं। बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै दोस्रो पटक साफ २० वर्षमुनि च्याम्पियनसिपको उपाधि जितेको छ।


शनिबार राति माल्दिभ्समा सम्पन्न फाइनल खेलमा बंगलादेश पेनाल्टीमा ४–३ ले विजयी भयो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो।


सेमिफाइनलमा बंगलादेशले नेपाललाई तथा भारतले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।


साफको यो उमेर समूहको प्रतियोगिता अहिलेसम्म १८ वर्षमुनि, १९ वर्षमुनि र २० वर्षमुनि गरी तीन श्रेणीमा जम्मा सात पटक आयोजना भइसकेको छ। भारतले सबैभन्दा बढी चार पटक उपाधि जितेको छ भने नेपालले दुई पटक जितेको छ।


लामो प्रतीक्षापछि बंगलादेशले सन् २०२४ मा पहिलो पटक उपाधि जितेको थियो। उक्त फाइनलमा बंगलादेशले नेपाललाई ४–१ ले पराजित गरेको थियो।


Swadesh Maharjan | April 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya