नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल रद्द भएसँगै भ्रमणकारी टिम आज मंगलबार स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम विमान बंगलाबाट साँच चार बजेको उडानबाट ढाका जानेछ ।
यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो । यही खेललाई लिएर प्रि–म्याच कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । खेल नहुने भएपछि भरत खवासको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कार्यक्रम पनि टुहिएको छ ।
जेन–जेको आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थितिबीच सुरक्षा दिन नसक्ने भनेर एन्फाले दोस्रो खेल नगर्ने जनाएको थियो । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो । दोस्रो खेल नहुने भएपछि सिरिजको विजेता चुनिने अवसर पनि गुमेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]