
बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको छ र यससँगै शीर्षमा चार अंकको अग्रता लिएको छ । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ ।
रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । उसले आइतबार रायो भाल्कानोको सामना गर्दैछ । अन्य खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेसँग गोलरहित तथा भिल्लारियलले ओसासुनासँग २–२ को बराबरी खेले ।
एटलेटिको ४५ अंकमा तेस्रो तथा भिल्लारियल ४२ अंकमा चौथो स्थानमा छ । अर्को एक खेलमा रियल ओभिएडोले भने जिरोनालाई १–० ले पराजित गरेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]