Share on:

नेपोली तेस्रो स्थानमा कायम
February 1st, 2026

नेपोलीले इटालीको सिरी ए मा फियोरेन्टिनालाई २–१ ले हराएर तेस्रो स्थानमा कायम रह्यो र आफ्नो उपाधि रक्षा गर्ने सम्भावनालाई कायम राख्यो । नेपोलीको ४६ अंक भएको छ ।


उसको अगाडि इन्टर मिलानको ५२ र एसी मिलानको ४७ अंक छ । दुवै सामु आइतबार जित निकालेर आफ्नो स्थिति अझ बलियो बनाउने अवसर छ ।


एन्टोनिओ भेरगारा र म्यागुएल गुटेरेजले नेपोलीका लागि एक एक गोल गरे । फियारेन्टिनाका लागि मानोर सोलोमनले एक गोल फर्काए र टिम १७ अंकमा रेलिगेसन क्षेत्रमा कायम रह्यो । यस्तै अर्को खेलमा ससुलोले पिसालाई ३–१ ले हरायो ।


Swadesh Maharjan | February 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya