Share on:

बार्सिलोना जित्दा रियल पराजित
April 5th, 2026

स्पेनी ला लिगामा शनिबार बार्सिलोनाले आफ्नो खेलमा जित निकाल्दा उसको उपाधि होडको प्रतिद्वन्द्वी रियल म्याड्रिड भने पराजित भएको छ । रोबर्ट लेवनडोस्कीले खेलको ८७ औं मिनेटमा  आकर्षक गोल गरेपछि बार्सिलोनाले दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको हो ।


यो जितपछि बार्सिलोना शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । बार्सिलोनाको ३० खेलबाट ७६ अंक भएको छ । रियल ६९ अंकमा दोस्रो स्थानमा छ । एटलेटिकोले जिलिनो सिमोनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर पहिलो हाफमै बार्सिलोनाका लागि मार्कस रसफोर्डले बराबरी गोल फर्काए ।



त्यस अगाडि रियललाई मार्लोकाले २–१ ले पराजित गरेको थियो । त्यसमा मार्लोकाका लागि भेडाट मुरिकीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । लिग तालिकाको शीर्ष चारमा भिल्लारियल ५८ र एटलेटिको ५७ अंकमा छन् ।


Swadesh Maharjan | April 5th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya