Share on:

बायर्नको अग्रता दोहोरो अंकमा
January 15th, 2026

बायर्न म्युनिकले बुधबार जर्मन बुंडेसलिगामा कोलोनलाई ३–१ ले हराएको छ र यससँगै शीर्षमा आफ्नो अग्रतालाई दोहोरो अंक बनाएको छ । उपाधितर्फ उन्मुख बायर्नको अग्रता ११ अंक भएको छ ।


कोलोनले लिन्टन मानिआको गोलले अग्रता लिएयता बायर्न पुर्नआगमन रच्न सफल रह्यो र यसका लागि सेर्गे ग्यानब्रे, किम मिन जाए तथा लेनार्ट कार्लले गोल गरे ।


लिगले मध्य भाग छुंदा दोस्रोमा रहेको बोर्सिया डर्टमुन्डमाथिको ११ अंकको अग्रता जर्मन बुंडेसलिगा इतिहासमै सबैभन्दा ठूलो अन्तर हो । उसको १७ खेलबाट ४७ अंक भएको छ ।


Swadesh Maharjan | January 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya