Share on:

रियल अल्बासेटसँग स्तब्ध
January 15th, 2026

उचारचढावबाट गुज्रिरहेको रियल म्याड्रिड बुधबार कोपा डेल रेको खेलमा अल्बासेटको हातबाट ३–२ ले पराजित भएको छ र प्रतियोगिताबाट बाहिरिएको छ ।


दोस्रो डिभिजनको लिगमा रेलिगेसनबाट बच्न संघर्षरत अल्बासेटका लागि खेलको अन्त्यतिर जेफ्टे बेटानाकोरले दुई गोल गरे । त्यसमध्ये निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सम्भव भएको हो ।


यही खेलबाट नव नियुक्त प्रशिक्षक अल्भारो एरबेलोआले डेब्यु गरे, तर उनका लागि यो सुखद सावित भएन् । यसअघि रियलले आफ्ना प्रशिक्षक जाभी एलोन्सोसँग छुटिएको घोषणा गरेको थियो ।


Swadesh Maharjan | January 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya