
सेनेगेलले इजिप्टमाथिको पछिल्लो प्रभुत्वलाई कायम राख्दै बुधबार अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । सेनेगलले पहिलो सेमिफाइनल १–० जितेको हो र त्यसमा निर्णायक गोल साडियो मानेले गरे ।
उनले टानगियर्समा भएको सेमिफाइनलमा ७८ औं मिनेटमा एक मात्र गोल गरे । फाइनल आइतबार हुनेछ र त्यसमा सेनेगलको सामना आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एककोविरुद्ध हुनेछ । यो खेल बिहीबार हुनेछ ।
सेनेगेलले सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई नै हराएको थियो । यस हारपछि इजिप्टको मोहमद सलाहको आफ्नो देशका लागि उपाधि जित्ने सपना अधुरो नै रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]