Share on:

शीर्षमा इन्टर मजबुत
January 15th, 2026

इन्टर मिलानले इटालीको सिरी ए मा आफ्नो पकड अझ मबजुत बनाएको छ । उसले बुधबार सानसिरोमा भएको खेलमा लेचेलाई १–० ले हराएको हो । यससँगै शीर्षमा इन्टरको अग्रताले छ अंक छोएको छ ।


इन्टरको २० खेलबाट ४६ अंक भएको छ । एसी मिलान ४० अंकमा दोस्रोमा छ । नेपोलीको पनि २० खेलबाट ४० अंकमा तेस्रो स्थानमा छ । बुधबार नै नेपोली र पार्माले गोलरहित बराबरी खेलेका थिए र यसले पनि इन्टरलाई फाइदा पुगेको हो ।


पछिल्लो समय इन्टर लयमा छ र लिगका आठ खेलमध्ये सातमा विजयी रहेको छ । त्यसमध्ये एक खेल भने बराबरीमा टुंगेको थियो र त्यो नेपोलीविरुद्ध रहेको थियो ।


Swadesh Maharjan | January 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya