Share on:

बायर्नको लगातार जितमा अन्त्य
November 9th, 2025

बायर्न म्युनिकको यो सिजनको लगातार जितको क्रममा शनिबार पूर्ण विराम लागेको छ । उसलाई जर्मन बुंडेसलिगामा युनियन बर्लिनले २–२ को बराबरीमा रोकेको हो । ह्यारी केनले ९० औं मिनेटमा गोल गरेर बायर्नको हार टारेका हुन् ।


यसअघि बायर्न सबै प्रतियोगिताका १६ खेलमध्ये सबैमा नै विजयी रहेको थियो । युनियनका लागि डानिल्हो डोइखी दुई गोल गरे । लुइस डियाजले बायर्नका लागि एक गोल फर्काए ।


अन्य खेलमा होफनहाइमले आरबी लाइपजिगलाई ३–१ ले हरायो भने बोरुसिया डर्टमुन्ड ह्याम्बर्गसँग १–१ को बराबरीमा रोकियो । यसले बायर्नलाई अझ फाइदा गरेको छ । बायर्नको १० खेलबाट २६ अंक भएको छ । त्यसपछि लाइपजिगको २२ र डर्टमुन्डको २१ अंक छ ।


Swadesh Maharjan | November 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya