Share on:

सन्डरल्यान्डसँग आर्सनलको बराबरी
November 9th, 2025
ब्रायन ब्रोबेयीले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई २–२ को बराबरीमा रोकेको छ । बराबरीमा बावजुत आर्सनल २६ अंकमा पहिलो स्थानमा छ ।


चेल्सी भने २० अंकमा दोस्रो स्थान उक्लिन सफल रह्यो । उसले अर्को खेलमा पुछारको उल्भ्सलाई ३–० ले हरायो । स्टेडियम अफ लाइट्समा सन्डरल्यान्ड ड्यानिएल बालार्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।



त्यसपछि दोस्रो हाफमा आर्सनलका तर्फबाट बुकायो साका र लियानड्रो ट्रोसार्डले गोल गरे । सन्डरल्यान्ड भने १९ अंकमा चौथो स्थानमा पुगेको छ । अन्य खेलमा एभरटनले फुलहमलाई २–० र वेस्ट ह्यामले बर्नलीलाई ३–२ ले हरायो ।

Swadesh Maharjan | November 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya