
स्यामुएल एमबान्गलाले दोस्रो हाफको इन्ज्युरीको चौथो मिनेटमा गोल गरेपछि वेडर ब्रेमनले जर्मन बुंडेसलिगामा शनिबार राति उल्भ्सबर्गलाई २–१ ले पराजित गरेको छ । खेलमा एक गोलले पछाडि रहेको स्थितिबाट ब्रेमन विजयी रहेको हो ।
वेसरस्टाडिनमा भएको खेलमा उल्भ्सबर्गले २८ औं मिनेटमा म्याथिस स्भाबर्गको गोलले अग्रता लिएको थियो । खेलले ८३ मिनेट छुँदा जेन्स स्टागले बराबरी गोल फर्काए । त्यसपछि एमबान्गलाले निर्णायक गोल गरेका हुन् ।
यो जितपछि ब्रेमन १० खेलबाट १५ अंकमा सातौं स्थानमा रह्यो । उल्भ्सबर्ग भने दसै खेलबाट आठ अंकमा १२ औं स्थानमा कायम रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]