Share on:

काँक्रे विहार ‍र नव जन जागृतिले अंक बाँडे
November 8th, 2025

काठमाडौं। एन्फा प्रेसिडेन्ट लिगमा काँक्रे विहार युथ क्बल र नव जन जागृति युवा क्लबले अंक बाँडेका छन्। 


बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको  बराबरी खेल्दै अंक बाँडेका हुन्। 


खेलमा सुरुआती अग्रता भने काँक्रे बिहारले बनाएको थियो। खेलको ३८औँ मिनेटमा आशिष चापागाईँले गोल गरेका थिए। तर, पहिलो हाफको अतिरिक्त समयमा रुजन न्यौपानेले नव जन जागृतिका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। 


त्यसपछि बाँकी समय थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे।


Swadesh Maharjan | November 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya