Share on:

सेल्टा भिगोसँग रियल स्तब्ध
December 8th, 2025

नौ खेलाडीमा सीमित रियल म्याड्रिड आइतबार स्पेनी ला लिगामा सेल्टा भिगोको हातबाट २–० ले स्तब्ध भएको छ र यो हारले प्रशिक्षक ज्याभी एलोन्सो दबाबमा रहनेछन् ।


बर्नाबाउमा भएको खेलमा सेल्टा भिगोका लागि दुवै गोल विलिट स्वेडबर्गले गरे । उनले ५४ औं मिनेटमा पहिलो गोल गरे र दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे ।


रियल १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । सेल्टा भिगो भने १९ अंकमा दोस्रो स्थानमा उक्लेको छ ।


आइतबारका अन्य खेलमा अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले पराजित गर्‍यो भने भ्यालेन्सिया र सेभियाले १–१ को बराबरीमा चित्त बुझाए ।


Swadesh Maharjan | December 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya