
अर्को सिजन युरोपमा खेल्ने दाबी फेस गर्ने क्रममा त्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई २–१ ले हराएको छ । उत्कृष्ट लयमा रहेको प्यालेसको १५ खेलबाट २६ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।
क्राभेन कटेजमा भएको खेलमा प्यालेसका लागि एडि एनकेटिह र मार्क गुइहीले एक एक गोल गरे । फुलहमका तर्फबाट भने ह्यारी विल्सनले गोल गरे । लिगमा प्यालेसको १५ खेल पुग्दा यो अहिलेसम्मकै उत्कृष्ट सुरुआत हो ।
फुलहम भने १७ अंकमा १५ औं स्थानमा रह्यो । यस्तै ब्राइटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए । ब्राइटन २३ अंकमा सातौं तथा वेस्ट ह्यामा १३ अंकमा १८ औं स्थानमा संघर्ष गरिरहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]