Share on:

एक अंकको अग्रतामा नेपोली अगाडि
December 8th, 2025

नेपोलीले इटालीको सिरी ए को शीर्षमा आइतबार एक अंकको अग्रता खोलेको छ र यसका लागि उसले युभेन्ट्सविरुद्धको महत्त्वपूर्ण खेल २–१ ले जितेको हो ।


उसका लागि दुवै गोल रसमन होजल्यान्डले गरे । यी गोल सात र ७८ औं मिनेटमा सम्भव भएका हुन् । त्यसबीच येनन यिडिजले ५९ औं मिनेटमा युभेन्ट्सका लागि एक गोल फर्काए ।


यो जितपछि नेपोलीको १४ खेलबाट ३१ अंक भएको छ । यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो । उपाधि होडमा रहेको एएस रोमा भने कागिलिरीसँग १–० पराजित रह्यो र २७ अंकमै सीमित रह्यो ।


कागलिरीका लागि एक माब गोल जियानलुका गानाटोले ५२ औं मिनेटमा गरका हुन् ।


Swadesh Maharjan | December 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya