Share on:

रेनेसमाथि पीएसजीको पाँच गोल
December 7th, 2025

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग–वानमा आइतबार रेनेसलाई सजिलै ५–० ले पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा प्राप्त यस जितमा पीएसजीका लागि काभ्चा काभरातस्कखेलयाले दुई गोल गरे ।


यस्तै सेनी मायुलु, इब्राहिम एमबाये र गोन्जालो रामोसले एक एक गोल थपे । रेनेसले ७५ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेलेको थियो । जेरेमी ज्याक्वटेले रातो कार्ड खाएपछि मैदान छाडेका थिए ।


यो जितपछि पीएसजीको १५ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेन्सको ३४ अंक रहेको छ । रेनेस भने २४ अंकमा छैटौं स्थानमा छ ।


Swadesh Maharjan | December 7th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya