Share on:

मेन्जमाथि डर्टमुन्डको सजिलो जित
February 14th, 2026

बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले हराएको छ । यो जितपछि डर्टमुन्डको ५१ अंक भएको छ र यो शीर्षमा रहेको बायर्न म्युनिकसँग तीन अंकको छिनो दूरी मात्र हो ।


एक खेल कम खेलेको बायर्नको ५४ अंक रहेको छ । लिग उपाधि होडमा बायर्नलाई चुनौती दिन सक्ने एक मात्र टिमका रूपमा डर्टमुन्ड उभिएको छ।


डर्टमुन्डका लागि सेरहोउ गुइरेसीले दसौं मिनेटमा गोलको खाता खोलेपछि ४२ औं मिनेटमा अर्को गोल थपे । यस्तै म्याक्सिमिलियन बेयर र रामी बेसेबानीले एक एक गोल गरे ।


Swadesh Maharjan | February 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya