Share on:

रेखाको दोहोरो ह्याट्रिकमा पुलिसको फराकिलो जित
February 14th, 2026

काठमाडौं। रेखा पौडेलको दोहोरो ह्याट्रिकमा नेपाल पुलिस क्लबले एन्फा महिला च्याम्पियनसिपमा फराकिलो जित दर्ता गरेको छ।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शनिबार सम्पन्न पहिलो खेल क्वाटरफाइनलमा एलसी रियाललाई पुलिसले १०-० ले पराजित गरेको हो।


पुलिसको जितमा रेखाको दोहोरो ह्याट्रिकसहित मिना देउवाले दुई, पूजा राना र विर्शनम चौधरीले समान १ गोल गरिन्।


पुलिसले पहिलो र दोस्रो हाफमा ६/६ गोल गर्न सफल भयो। 


जितसँगै पुलिसले सेमिफाइनलमा अब त्रिभुवन आर्मी र एनआरटीबीचको विजेतासँग खेल्नेछ।


Swadesh Maharjan | February 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya