Share on:

डर्टमुन्डको सजिलो जित
December 20th, 2025

बोरुसिया डर्टमुन्डले जर्मन बुंडेसलिगामा शुक्रबार मोन्चेनग्लाडबाखलाई सजिलै २–० ले पराजित गरेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।


यो जितपछि डर्टमुन्डको १५ खेलबाट ३२ अंक भएको छ । बायर्न म्युनिक ३८ अंकमा शीर्ष स्थानमा छ र उसले १४ खेल मात्र खेलेको छ । यस्तै आरबी लाइपजिग १४ खेलबाट २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।


लाइपजिगसामु शनिबारको खेल जितेर फेरि दोस्रोमा उक्लने अवसर छ । डर्टमुन्डका लागि जुलियन ब्रान्डटले दसौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्याक्सिमिलियन बेरले दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल गरे ।


Swadesh Maharjan | December 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya