
नेपोलीले एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनलमा स्थान बनाएको छ । अब सोमबार हुने फाइनलमा उसले बोलोग्ना र इन्टर मिलानबीचको खेलका विजेताको सामना गर्नेछ ।
दोस्रो सेमिफाइनलमा शुक्रबार बोलोग्ना र इन्टर भिड्दै छन् । साउदी अरेबियाको रियादस्थित किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा नेपोलीका लागि डाभिड नेरेस र रसमस होजल्यान्डले गोल गरे ।
सन् २०१४ यता नेपोलीले तेस्रो पल्ट उपाधि इटालियन सुपरकप जित्न सक्नेछ । इटालीको सिरी ए मा नेपोली पछिल्लो पटक युडिनेजीसँग पराजित भएको थियो र यससँगै अंक तालिकमा तेस्रो स्थानमा झरेको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]