
धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोधा मन्दिरसम्म दौड्ने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने छन् ।
करिब ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । सोको रुट अवलोकन गर्न कार्की पूर्व खेलाडी गोकुल खत्रीसंगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन् ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने छन् । उनी त्यहीका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए ।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]