Share on:

न्युकासल सेमिफाइनलमा सिटीको सामना गर्दै
December 18th, 2025

डिफेन्डिङ च्याम्पियन न्युकासल युनाइटेडले इंग्लिस लिगकपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटी र न्युकासलले बुधबार इंग्लिस लिगकपको अन्तिम चारको यात्रा तय गरेका हुन् ।


सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले भने फुलहमलाई २–१ ले पराजित गरेको हो । खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला लेविस माइलले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे ।


न्युकासलले योना विसाको गोलले सुरुआती अग्रता लिएको थियो । तर फुलहमका लागि सासा लुकिचले बराबरी गोल फर्काएका हुन् । सिटीले इतिहाडमा भएको खेलमा ब्रेन्टफोर्डलाई २–० ले हरायो । त्यसमा यारन चेर्की र साभिआले एक एक गोल गरे ।


चेल्सी पनि प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ र उसले अर्को अन्तिम चारको खेलमा आर्सनल अथवा क्रिस्टल प्यालेसमध्ये एकको सामना गर्नेछ ।


Swadesh Maharjan | December 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya