Share on:

नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना
December 20th, 2025

साउदी अरेबियाको रियादमा भइरहेको इटालिन सुपरकपको फाइनलमा नेपोली र बोलोग्ना भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बोलोग्नाले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।


कुल चार टिम सम्मिलित प्रतियोगिताको फाइनल सोमबार हुनेछ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा किरो इमोबाइलले निर्णायक गोल गरे ।


इन्टरले खेलको दोस्रो मिनेटमा मार्कस थुरामको गोलले अग्रता लिएको थियो । इटालियन कप च्याम्पियन रिकार्डो ओसोलिनीले पहिलो हाफको ३५ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । नेपोलीले पहिलो सेमिफाइनलमा एसी मिलानलाई हराएको थियो ।


Swadesh Maharjan | December 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya