Share on:

युरोपा लिगका अन्तिम आठ टिमको टुंगो
March 20th, 2026

युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको अन्तिम आठको बिहीबार टुंगो लागेको छ । त्यस अनुसार अब सेमिफाइनल प्रवेशका लागि ब्रागले रियल बेटिस, फ्रेबर्गले सेल्टा भिगो, पोर्टोले फरेस्ट तथा बोलोग्नाले एस्टन भिल्लाको सामना गर्नेछ । यस अनुसार प्रतियोगितामा इंग्ल्यान्ड, स्पेन र पोर्चुगलका दुई दुई क्लब क्वाटरफाइनल पुगेका छन् ।


यस्तै इटाली र जर्मनीका एक एक टिमले अबको चरणको यात्रा निश्चित गरे । अन्तिम १६ को दोस्रो लेगको खेलपछि समग्रमा ब्रागले फेनेबाचेलाई ४–२, रियल बेटिसले प्यानाथिनाइकोसलाई ४–१, फ्रेबर्गले जेन्कलाई ५–२, सेल्टा भिगोले लियोनलाई ३–१ र पोर्टोले स्टुटगार्टलाई ४–१ र स्टन भिल्लले लिललाई ३–० ले हरायो ।


नटिंघम फरेस्टले टाइब्रेकरमा मिडत्जल्यान्डलाई ३–० पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । फरेस्टले अन्तिम १६ को दोस्रो लेग २–१ ले जितपछि स्थिति समग्रमा २–२ को बराबरी भएको हो । यस्तै बोलोग्नाले पनि अतिरिक्त समयको खेलपछि रोमालाई समग्रमा ५–४ ले पराजित गरेको हो ।


Swadesh Maharjan | March 20th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya