Share on:

ओल्ड ट्रायफोर्डमा एभरटनको अनौठो जित
November 25th, 2025

एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार त्यस्तो परिस्थितिमा म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकालेको छ, जसलाई अनौठो र बिर्सनलायक मानिनेछ ।


ओल्ड ट्रायफोर्डमा भएको खेलमा दस खेलाडीमा सीमित एभरटन १–० ले विजयी रहेको हो र त्यसमा किरनन डेब्सबरीले २९ औं मिनेटमा आकर्षक गोल गरे ।


तर यस खेलको चर्चाको विषय भने इड्रिस गुएलाई देखाइएको सिधा रातो कार्ड रह्यो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि उनलाई मैदान छाड्न आदेश दिइएको हो ।


विश्व फुटबलमा आफ्नै टिमका खेलाडीमाथिको गलत व्यवहारका कारण रातो कार्ड देखाइने घटना दुर्लभ नै रहेको छ ।


यो जितपछि एभरटनको १८ अंक भएको छ र टिम ११ औं स्थानमा उक्लेको छ । अर्कोतर्फ युनाइटेड पनि १८ अंकमै सीमित रहेर १० औं स्थानमा रह्यो ।


Swadesh Maharjan | November 25th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya