Share on:

सेभियालाई हराएर इस्पनयोल छैटौं स्थानमा
November 25th, 2025

इस्पनयोलले अर्को सिजन युरोपमा खेल्ने आफ्नो सम्भावनालाई बढाउन सोमबार राति स्पेनी ला लिगामा सेभियालाई २–१ ले हराएको छ ।


यो जितपछि इस्पनयोलको १३ खेलबाट २१ अंक भएको छ र लिग तालिकाको छैटौं स्थानमा उक्लेको छ । यो शीर्ष चारबाट सात अंकको दूरी हो।


खेलका तीन गोल भने इस्पनयोलकै खेलाडीको नाममा रह्यो । घरेलु टिमका लागि पेरे मिला र रोबर्टो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेका हुन् ।


खेलको ८६ औं मिनेटमा लियान्ड्रो काब्रेराले आत्मघाती गोल गरे ।


Swadesh Maharjan | November 25th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya