Share on:

जिरोनाको पुर्नआगमन जित
December 13th, 2025

स्पेनी ला लिगामा जिरोनाले शुक्रबार रियल सोसिडाडमाथि पुर्नआगमन जित रचेको छ र यससँगै रेलिगेसन क्षेत्र छाडेको छ । यो राहतपूर्ण जितपछि जिरोनाको १५ अंक भएको छ र १७ औं स्थानमा उक्लेको छ ।


सोसिडाड भने १६ अंकमा १४ औं स्थानमा रह्यो र यो हारले उसमाथि पनि रेलिगेसनको दबाब सिर्जना गरेको छ । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफको ३५ औं मिनेटमा अग्रता लिएको थियो ।


तर त्यसलाई त्यसलाई कायम राख्न सकेन् । यस्तोमा भिक्टर सेन्कोभले दोस्रो हाफको ७६ र ८४ औं मिनेटमा दुई गोल गरे र जिरोना विजयी रह्यो ।


Swadesh Maharjan | December 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya