
जर्मन बुंडेसलिगामा बायर्न म्युनिक आइतबार मेन्जको हातबाट २–२ को बराबरीमा रोकिएको छ । बोरुसिया डर्टमुन्डले पनि फ्रेबर्गविरुद्धको खेलमा १–१ को बराबरीमै चित्त बुझाए ।
एलिनाज एरेनामा ह्यारी केनले पेनाल्टीबाट ८७ औं मिनेटमा गोल गरेपछि बायर्न संघर्ष गर्दै एक अंक बटुल्न सफल रहेको हो । यससँगै बायर्न र डर्टमुन्ड दुवै टिम यसअघिको लाइपजिगको हारको फाइदा लिन चुके ।
लिग तालिकामा बायर्न ३८, लाइपजिग २९ र डर्टमुन्ड २९ अंकमै शीर्ष तीन स्थान भित्र रहेका छन् । बायर्नको अग्रता भने नौ अंक रहेको छ र उसलाई उपाधि होडमा रोक्ने काम कठिन मानिएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]