Share on:

रियल जितेपछि एलोन्सोलाई राहत
December 15th, 2025

स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडले एलाभेसलाई २–१ ले हराएको छ र यसले प्रशिक्षक ज्याभी एलोन्सोलाई धेरै राहत हुनेछ । अन्यथा उनी वर्खास्तमा पर्न सक्ने अनुमान गरिएको थियो ।


आफ्ना पछिल्ला नौ खेलमा रियलको यो तेस्रो जित मात्र हो । रियलका लागि केयलिन एमबापे र रोड्रिगोको गोल । एलाभेसका लागि कार्लोस भिन्सेन्टले एक गोल फर्काए ।


यो जितले रियलको १७ खेलबाट ३९ अंक भएको छ र दोस्रोमा छ । यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । अन्य खेलमा सेभियाले रियल ओभिएडोलाई ४–० र सेल्टा भिगोले एथलेटिको बिलबाओलाई २–० ले हराएको छ ।


Swadesh Maharjan | December 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya